गण्डकीकी कांग्रेस सांसद गौचनको निधन
काठमाडौं। गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।
उनको बुधबार राति काठमाडौंमा निधन भएको हो । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् । केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । उनको मृत्युको कारण खुलेको छैन ।
परिवारका सदस्यले हृदयाघात भएको अनुमान गरेका छन् ।