रास्वपाका सभापति लामिछानेको बयान सकियो
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
रविसँग बुधबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सकिएको हो ।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रविलाई कास्कीबाट रुपन्देही ल्याएको थियो । उनीसँग मंगलबार पनि बयान गरिएको थियो ।