भोली देखि सिस्ने खोला राजमार्ग आंशिक बन्द गरिँदै
काठमाडौं । नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत धादिङ जिल्लाको सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बुधबार एक सूचना जारी गर्दै बिहीबार ९२९ कात्तिक० देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने भएको छ ।
आयोजनाका अनुसार यस अवधिमा सडक २० मिनेट बन्द गरिने छ । त्यसपछिको २० मिनेट यातायात खुलाइने छ । सिस्ने खोलामा स्लोप कटिङ गर्ने काम जारी रहेका कारण राजमार्गमा आवतजावत प्रभावित हुने भएको हो ।
यसअवधिमा सवारीसाधन रोक्दा लेन अनुशासन कायम राख्न आयोजनाले अनुरोध गरेको छ । ओभरटेक गरेमा कडा कारबाही हुने समेत आयोजनाको भनाइ छ ।
हेर्नुहोस् सूचना :