४ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको छ ।
अघिल्लो दिनको तुलनामा बुधबार थप ४ सय रुपैयाँले मूल्य घटेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।