बैतडी जिल्लाकै पहिलो साहसी महिला चालक: पञ्चेश्वरकी रबिना चन्दको प्रेरणादायी यात्रा
काठमाडौ । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी २० वर्षीया रबिना चन्दले जिल्लाकै पहिलो साहसी महिला चालकको रुपमा आफूलाई स्थापित गरेकी छन्।
कलिलो उमेरमै सार्वजनिक सवारी साधन चलाएर उनले आफ्नो साहस र आत्मविश्वास प्रस्तुत गरेकी छन्, जसले सर्वसाधारण मात्र होइन, ट्राफिक चेकपोस्टका प्रहरीलाई पनि छक्क पार्ने गरेको छ।
रबिनाले कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक प्रथम वर्षको पढाइ गरिरहेकी छिन्। पढाइलाई निरन्तरता दिँदै उनले आफ्नो रोजगारीको माध्यमका रुपमा सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेकी हुन्। यो निर्णयले नारीको सशक्तिकरणमा उनको दृढ आत्मविश्वासलाई झल्काएको छ।
उनको सार्वजनिक सवारी साधन चलाउने यो कामले पञ्चेश्वर गाउँ मात्र होइन, समग्र बैतडी जिल्लामा महिलाहरूलाई प्रेरित गरेको छ। रबिनाको साहसले समाजमा लैंगिक विभाजनका कारणले सिर्जना भएका बाधाहरू तोड्न मद्दत पुगेको छ। महिलाहरू कुनै पनि क्षेत्रमा पछि हट्नु नपर्ने सन्देश उनले यो साहसी कदमद्वारा सम्पूर्ण समाजलाई योगदान दिएकी छिन्।
रबिना चन्दको यो अनौठो र प्रेरणादायी यात्रा बैतडी जिल्लाका लागि गर्वको विषय बनेको छ।