१० लाख नगदसहित १० जना जुवाडे पक्राउ
काठमाडौं । मोरङको विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका(११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।