दुर्घटनामा परि इटहरी उपमहानगरपालिकामा कार्यरत इन्जिनियरको मृत्यु
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत इन्जिनियरको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर इटहरी १३ निवासी ज्योतिनारायण चौधरीको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत कार्तिक १३ गते दुर्घटनामा परि सख्त घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक चौधरीको आजै इटहरी स्थित बुढिगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको छ ।