धगढीमा करेन्ट लागेर होटल सञ्चालकको मृत्यु
काठमाडौं । धगढीमा एक होटल सञ्चालकको करेन्ट लागेर मृत्यु भएको छ।
कैलालीको मोहन्याल गाउँपालिका–५ घर भइ हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडी जानकी होटल सञ्चालन गरी बसिरहेका ३८ वर्षीय अरुण बुढामगरको शुक्रवार राती करेन्ट लागेर मृत्यु भएको हो ।
होटलको कोठा भित्र बिद्युतको लाईन मर्मत गर्ने क्रममा बुढामगर करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
लगत्तै उनलाई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।