किसानहरूको रोदन सरकारले सुन्नै सकेनः सोबिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले कृषि प्रधान मुलुक भएर पनि सरकारले किसानहरूको रोदन सुन्न नसकेको बताएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले बीउबिजन, मलदेखि सिँचाई, रोग निदानदेखि बजारसम्मको समस्या समाधानका लागि सरकारले बेवास्ता गरेको बताएकी हुन्।
बालीमा आधारित किसान मात्र नभई दूध किसान, मह किसान, मासुजन्य किसानको पीडा पनि त्यत्तिकै रहेको उनले बताए।
‘सरकारले कृषि क्षेत्रमा काम गर्ने प्रेरणा कत्तिपनि दिन सकेको छैन। भुक्तानी नपाएर किसान दिनरात रोएर हिँडिरहनुपरेको छ,’ उनले भनिन्।
समग्र कृषि प्रणाली नै संक्रमित र प्रदुषण रहेकोले यसमा सुधार गर्नुपर्ने उनले बताएकी छन्।