बाबार हायत कर्णाली याक्समा
काठमाडौं । हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् ।
आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ । पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसकेका छन् । उनीसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ ।
बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी२०आई म्याच खेलेका छन् । टी(२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो । उनको नाममा दुई टी(२०आई शतक पनि छ । बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी(२० विश्वकपमा नेपाल विरुद्धकै खेलमा टी(२० आईमा डेब्यु गरेका थिए ।
पावर हिटिङका लागि परिचित बाबरले टी(२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ ।बाबार कर्णालीले एनपीएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ ।
नेपाली राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । कर्णाली टिममा राष्ट्रिय टिमका सदस्य गुल्शन झा सहित देव खनाल, भुवन कार्की, रित गौतम, मौसम ढकाल, नन्दन यादव, दीपक डुम्रे जस्ता खेलाडी छन् ।
यस्तै कर्णालीकै स्थानीय खेलाडी अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरी पनि टिममा छन् ।