रुपन्देही तिहारपछि लैजाने तयारी , रविको बयान आज लिइएन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान आज भएन ।
सोमबार करिब साढे ८ घण्टा बयान लिएको प्रहरीले मंगलबार स्थगित गरेको हो । सोमबार उनलाई सरकारी वकिलको कार्यालयबाटै बयान लिइएको थियो । कात्तिक २ गते पक्राउ परेका उनलाई दोस्रो पटक म्याद थपिएको छ ।
यसैबिच, उनलाई रुपन्देही भने तिहार पछि मात्रै लैजाने बुझिएको छ । रुपन्देही जिल्ला अदालतबाट उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तिहार बिदा सुरु हुन लागेकाले रुपन्देही लगेपनि अदालत पेस गर्ने अवस्था नहुने भएपछि तिहारपछि मात्रै लैजान लागिएको प्रहरीले जनाएको छ ।
‘बिहीबारदेखि तिहार बिदा सुरु हुन्छ । लगेर पनि काम भएन,’ प्रहरी स्रोत भन्छ,‘अब तिहारपछि नै होला ।’