अनुगमन टोलीले शील गरेको ६० बोरा चामल गायब
काठमाडौं । मकवानपुरको मनहरी बजारबाट अनुगमन टोलीले बरामद गरेको ६० बोरा चामल गायब भएको छ ।
६ असोज ०८१ मा मनहरी बजारको मंगलमय ट्रेडर्समा शील गरिएको ६० बोरा चामल हराएको हो । सोमबार शील गरिएको चामलको परीक्षणका लागि नमूना संकलन गर्न जाँदा चामल हराएको पत्ता लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको हो । अनुगमन टोलीले चामल हराएको विषयमा कारबाही गर्न गाउँपालिका कार्यालयलाई लिखित अनुरोध गरेको छ ।
यसअघि ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राइस मिलबाट उत्पादित ७ बोरा चामल बिक्री बितरण र उपभोग गर्न प्रशासन र गाउँपालिका आफैंले शील गरेको थियो । यी दुई वटा ब्राण्डका चामलका बोरामा उपभोग्य मिति, उत्पादन मिति र ब्याचसमेत नभेटिएपछि चामल शील गरिएको अनुगमन मुचुल्कामा उल्लेख छ ।
एक महिनाअघि नै शील गरिएको चामलको सोमबार मात्रै नमूना संकलनका लागि मनहरी गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय मनहरीको टोली पुगेको थियो । नमूना संकलनका लागि जाँदा यसअघि नै शील तोडेर चामल गायब पारिएको थाहा भएको
कार्यालयले जनाएको छ ।
कार्यालयको अनुसार नमूना संकलनका लागि गएको खाद्यको टोलीले पसलमा बिक्रीका लागि राखेको सोही ब्राण्डको अर्को चामलको नमूना लगेको छ । ‘त्यो चामल त हराइसकेको रहेछ ।
मनहरी गाउँपालिकाले सोमबार मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई प्रयोगशालामा परीक्षणका लागि नमूना संकलनका लागि कार्यालयले पत्राचार समेत गरेको छ। गाउँपालिकाले शील गरेको लामो समयपछि मात्रै नमूना संकलन गर्न खाद्यलाई पत्राचार गर्नुमा आशंका गरिएको छ ।
‘त्यो चामलको गाउँपालिकाले नै निगरानी राखेको हो । हामीलाई परीक्षण गर्न मात्रै भनिएको हो । त्यसको कारबाही पनि गाउँपालिकाबाट संघीय कानुनअनुसार अगाडि बढाउने गरी अगाडि बढेको थियो ।
अब एक महिनापछि मात्रै नमूना संकलनका लागि गाउँपालिकाले किन बोलायो भन्ने विषय हामीसँग जोडिँदैन’, कार्यालयले जनाएको छ ।
‘