विराजभक्त श्रेष्ठको चेतावनी– यो भैँसीले बाघ मार्ने देश हो, रास्वपालाई नहेप्नू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।
शुक्रबार आन्दोलनस्थल नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले रास्वपाका मात्र त्रुटि औँल्याउने काम गरे सरकार दुर्घटनामा जान सक्ने चेतावनी दिए ।
“यो भैँसीले बाघ मार्ने देश हो । यहाँ रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,” श्रेष्ठले भने, “९७ अर्बको ठगी सहकारी क्षेत्रमा छ । तीन करोडको पछि सरकार किन लागिरहेको छ
उनले विकृति र विसंगति रोकेर सुशासन ल्याउनुपर्ने सरकार रवि लामिछानेलाई फसाउन लागिरहेको पनि आरोप लगाए ।