जनक शिक्षाले अब हुलाक टिकटसँगै लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने
काठमाडौं । सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकटसँगै जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसअघि ४ फागुन ०८० देखि जनक शिक्षा सामग्री केन्द्रले हुलाक सेवा विभागको समन्वयमा हुलाक टिकट छाप्न सुरु गरेको थियो ।
२०१६ सालसम्म नेपालमै हुलाक टिकट छापिए पनि त्यसयता बन्द भएको थियो ।