मोरङमा टिपरको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु
काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ३ः४० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
उनका अनुसार अन्दाजी ३०र३२ वर्षीया महिलाको पहिचान खुल्न सकिरहेको छैन । टिपरले ठक्कर दिएपछि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।