नेपाल औषधि लिमिटेडले भन्यो(सिटामोल पर्याप्त छ
काठमाडौं । नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ ।
देशभर डेंगुको संक्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो ।
नेपाल औषधि लिमिटेडका बिक्री महाशाखाले भन्यो सिटामोल पर्याप्त छ र नियमित रुपमा उत्पादनरबिक्रीवितरण भइरहेको छ ।’
लिमिटेडका अनुसार डेंगु संक्रमणका बेला सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडको बबरमहलस्थित कार्यालयको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि सिटामोल खरिद गर्न सक्नेछन् । सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।
यसअघि कोरोना महामारीको समयमा पनि लिमिटेडले यसैगरी समय निर्धारण गरी सिटामोल खरिदबिक्रीको प्रबन्ध मिलाएको थियो । सिटामोल नेपाल औषधि लिमिटेडको प्रमुख उत्पादन समेत हो ।