“तिहारको उत्सव, फूलको महोत्सव ” तिहार फ्लोरा एक्स्पो २०८१ आयोजना हुने
काठमाडौं । नर्सरी व्यवसायी संघ, नेपालले तिहारको उत्सव, फूलको महोत्सव तिहार फ्लोरा एक्स्पो २०८१ आयोजना गरेको छ ।
नर्सरी व्यवसायी संघ नेपालले आयोजना गर्न लागी रहेको दोश्रो तिहार फ्लोरा एक्स्पो २०८१को बारे सर्व(साधारणलाई जानकारी एव प्रचार प्रसारको लागि पत्रकार सम्मेलन मार्फत घोषणा गर्न कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रममा विभिन्न संचार संस्थाबाट उपस्थित हुनु भएका संचारकर्मी मित्रहरुलाई हार्दिक अभिवादन गर्दै स्वागत गर्दछौं ।
गत वर्ष भएको पहिलो तिहार फ्लोरा एक्स्पो २०८० सफल मात्र हैन भव्य रुपमा सफल भएको थियो । त्यस सफल कार्यक्रमले हामी नर्सरी व्यवसायीलाई थप उत्साहित तुल्याएको थियो। साथै सफल कार्यक्रमको श्रेय तपाई संचारकर्मीज्यूहरुलाई दिन चाहन्छौ। वास्तवमै कुनै पनि कार्यक्रमको प्रचार प्रसार संचारकर्मीले सम्प्रेशण गर्ने सूचनाको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा पनि कृषि क्षेत्रको उत्पादन एव बजारीकरण आम संचार क्षेत्रको संचार गृह एवं कृषि र उद्यमीको पक्षमा कलम चलाउने संचारकर्मीहरुको अझ बढी भूमिका हुने गरेको छ ।
संचारकर्मी मित्रहरु
यस मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ। साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ। नसंरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पुर्णको लागि यस मेला वहत साझा मञ्च हुने हामीले विश्वास लिएका छौ ।
यस संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिश्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा पुरस्कृित गरिनेछ । प्रतिश्पर्धाको मुल्याकंन गर्न क्षि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुख सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन समिति समेल गठन गरेको व्यहोरा अवगत गराउँदछौं। यस मेलामा ६५ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ। यस मेलामा ३५ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेका छौ। मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु।१००।( र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु। ५०।( व्यवस्था गरेका छौ ।
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा हुन गइरहेको दोश्रो तिहार फ्लोरा एक्सपो(२०८१ को प्रवर्धक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग रहेको छ भने विशेष सहयोगी संस्था शलोम एग्रीकल्बर प्रा।लि।, सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर प्रा।लि।, ग्रिस्मा नर्सरी रहेको जानकारी गराउँदछौ ।
अन्तमाः हाम्रो निमन्त्रणलाई स्वीकार गरी यस कार्यक्रममा पाल्नु भएका तपाई संचारकर्मी मित्रहरु प्रति हामी समग्र नर्सरी व्यवसायीहरुको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ। साथै यस मेलाको सूचना नर्सरी उत्पादनका आम उपभोक्ताहरु समक्ष संप्रेषण गरी सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेका छौ। साथै मेला समुद्घाटन समारोहमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।