मोरङका एसपी सहीत चार प्रहरी छानबिनका लागी हेडक्वाटर तानिए
काठमाडौं । अनलाइन जुवा खेलाउनेसँग मिलेमतो गरी आर्थिक लेनदेन गरेको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङमा कार्यरत प्रहरी निरीक्षक नवराज कार्कीसहित चार जनालाई तानेर छानबिन सुरु गरेको छ ।
सोही घटनामा जोडिएपछि मोरङ प्रहरी प्रमुख नवराज कार्की शुक्रबार हेडक्वाटर तानिएका थिए । प्रदेश कार्यालयले लेनदेनमा जोडिएका थप प्रहरीमाथि पनि छानबिन सुरु गरेको छ । प्रदेशमा तानिएका प्रहरी मोरङका घुमुवा प्रहरी ९सादा पोसाकमा खटिने हुन् ।
अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको भेटिएपछि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत प्रदेश प्रहरी कार्यालय तानिएका हुन् ।
प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको रंगेहात भेटिएपछि ४ प्रहरी तानिएका हुन् । सोही घटनाका कारण एसपी कार्की हेडक्वाटर तानिएका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मोरङको आन्तरिक विषयको छानबिन प्रदेश प्रहरीले गरिरहेको बताए ।