लुम्बिनी प्रदेशमा जसपा नेपाल बिच विवाद : अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्ष चयन
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशमा विवाद उत्पन्न भएको छ ।
जसपा नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादव हुँदाहुँदै पार्टीले रामअवतार यादवलाई कार्यवाहक अध्यक्ष बनाएको छ । अशोक यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छैनन् । पार्टीले पनि कुनै कारबाही गरेको छैन तर उनको ठाउँमा अर्को कार्यवाहक अध्यक्ष बनाएको छ ।
जेठमा सम्पन्न महाधिवेशनलाई लिएर अशोक यादवले पार्टीमा असन्तुष्टि जनाउँदै आएका थिए । उनले महाधिवशेनको विरुद्धमा निर्वाचन आयोगमा मुद्दा दायर गरेका छन् । उनले पार्टी भने छाडेका थिएनन्, न पार्टीले कारबाही नै गरेको थियो ।
कार्यवाहक अध्यक्ष बनाउने कार्य केन्द्रले नभई लुम्बिनी प्रदेश समितिले गरेको बताउँदै अशोक यादवले पार्टीको अनुशासन विपरीत कार्य गरेको हुनाले त्यही कार्यसमितिको बैठक बसेर कार्यवाहक तोकिएको छ ।