लक्ष्यभन्दा बढी बाख्राको दूधबाट चिज उत्पादन
काठमाडौं । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ६ सय १२ किलो चिज उत्पादन गरेको हो ।
त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुखले जानकारी दिए। केन्द्रले सानन जातको बाख्राबाट पाँच हजार सात सय ९१ लिटर दूधको चिज उत्पादन गरेको छ । त्यस अवधिमा दुई हजार लिटर दूध उत्पादनको लक्ष्य थियो । केन्द्रमा दूध र चिजका लागि सानन जातका बाख्राको माग उच्च रहेको केन्द्रको भनाइ छ ।