श्रम मन्त्रालयले नेपालको राष्ट्रिय झन्डा समेत फेर्न सकेन
काठमाडौँ । नेपालको राष्ट्रिय पहिचान भनेको झन्डा हो ।
हरेक सरकारी कार्यालयमा झन्डा फहराउने गरिन्छ । झन्डा सफा सुग्घर राख्नु सबैको कर्तव्य हुन्छ । च्यात्तिएको झन्डा राख्न पाइँदैन ।
तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भने च्यात्तिएकै झन्डा राखिएको छ । पुरानो भएर झन्डाको रङ्ग समेत खुइलिएको छ भने झन्डाको किनारा सबै च्यात्तिएको छ । तर पनि मन्त्रालयले झन्डा फेर्न सकेको छैन । सिंहदरबारभित्र श्रम मन्त्रालयको बिच भागमा राखिएको झन्डा टाढैबाट प्रस्टै देखिन्छ ।
मन्त्रालय प्रवेश गर्दा टाढैबाट च्यात्तिएको झन्डा प्रस्ट देखिन्छ । दिनमा सयौँ पटक ओहोरदोहोर गर्ने मन्त्रालयका अधिकारीहरूले झन्डा च्यात्तिएको देखेका छैनन् ।