बडीमालिका तीर्थयात्रा पछि राष्ट्रपति पौडेल सुर्खेतमा
काठमाडौं । बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन् ।
बुधबार अपरान्ह आइपुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए । उनी बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत रहेका छन् । राष्ट्रपति भोलि नै काठमाडौँ फर्किनेछन् ।