केशीमा प्रदेशमा होटल सञ्चालकमाथि खुकुरी प्रहार, २ आरोपी फरार
काठमाडौं । मोरङको विराटनगरमा एकजना होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ।
उनीमाथि दुई युवाले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर स्थित भूमी प्रशासन चोक मुन होटल सञ्चाललन गर्दै आएका दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको थियो ।
विराटनगर उपमहानगरपालिका १० स्थित लालिगुराँस चोकमा भगतमाथि खुकुरी प्रहार भएको हो । घटना मंगलबार साँझ ६ बजे भएको हो । खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरका अन्य विभिन्न ठाउँमा चोट लागेको छ। कोशी अस्पताल उपचारपछि उनी राति नै डिस्चार्ज भइसकेका छन्। अहिले अवस्था खतरामुक्त रहेको छ।
विराटनगर ९ का सावन दास र विनोद रायले भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘आरोपी दुवै फरार छन्।
गीत गजलको विषयमा भएको विवादलाई लिएर भगतमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।