टी-२० महिला विश्वकपमा वेस्ट इन्डिज विजयी
काठमाडौं । महिला टी-२० विश्वकप क्रिकेटमा मंगलबार भएको खेलमा इङ्गल्यान्डलाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले जित हात पारेको छ ।
इङ्गल्यान्डले दिएको १४२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २ ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा १४४ रन जोडेको हो।
विजयी टोलीका कप्तान हेली म्याथ्युजले ३८ बलमा ५० तथा क्विना जोसेफले ३८ बलमा ५२ रनको योगदान गरे। यी दुईले विस्फोटक सुरुवात गर्दै पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। क्विना खेलको उमन अफ द म्याच घोषित भइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले ७ विकेटको क्षतिमा १४१ रनको योगफल खडा गरेको थियो। सेमिफाइनलमा वेस्ट इन्डिजले न्युजिल्यान्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्ने छन्।