लटरम्म फलेका सुन्तलामा, रोग लागेपछि किसान चिन्तित
काठमाडौं । तनहुँको देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसानलाई चिन्तित थपिएको छ ।
उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो। रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने स्थानीयहरुको माग रहेको छ।
किसानका बगैँचामा लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजनाहरु भताभुङ्ग भएको दुखेसो स्थानीय किसानहरुले गरेका छन् ।
तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको छ। गत वर्ष लुङग्रिङ गाउँबाट तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।