साफ महिला च्याम्पियनसिप : बगंलादेश, भारत र श्रीलंकाको टोली नेपालमा
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साविका विजेता बगंलादेशसहित उपाधि दावेदार भारत र श्रीलंकाको टोली नेपाल आइपुगेका छन्।
तिनै टोली मंगलबार नेपाल आइपुगेका हुन्। साफमा सहभागी हुन भुटानको टोली भने बुधबार मात्र नेपाल आइपुग्नेछ। यसअघि मालदिभ्स र पाकिस्तानको टोली नेपाल आइसकेका छन्।
लगातार तेस्रो पटक नेपालमा हुन लागेको साफको तयारी पुरा भइसकेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। साफको समूह चरणको खेलका लागि साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ।
सेमिफाइनलदेखि भने साधारणतर्फ ५ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखिएको छ। साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि १४ गतेसम्म हुँदैछ।साफ च्याम्पियनसिपमा भाग लिन बगंलादेश, भारत र श्रीलंकाको टोली नेपाल आइपुगे
साफका लागि गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालको २३ सदस्यीय अन्तिम टोलीको घोषणा भइसकेको छ।