दश वर्षपछि पाकिस्तानमा भारतको उच्च स्तरीय भ्रमण
काठमाडौं । भारतले पकिस्तानमा दश वर्षपछि उच्च स्तरीयको भ्रमण गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर मंगलबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।
शंघाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) को बैठक पाकिस्तानको राजधानी इस्लामाबादमा १५ र १६ अक्टोबरमा हुने भएकोले त्यसमा सहभागी हुन भारतीय विदेशमन्त्री पाकिस्तान गएका हुन् । पाकिस्तानमा भारतको यो भ्रमण दश वर्षपछिको उच्च स्तरीय भ्रमण रहेको छ ।
भारत एससीओको सदस्य हो र यो बैठकमा विदेशमन्त्री जयशंकरले भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्ने भएकोले पाकिस्तानमा उनको भ्रमणलाई चर्चाको रुपमा लिइएको छ । यद्यपि भारतीय विदेशमन्त्री जयशंकर द्वीपक्षीय भ्रमणमा जान लागेका होइनन् ।