चिरुवा खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । मकवानपुरमा १३ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ।
ललितपुर घर भई बागमती गाउँपालिका(१ हात्तीढुंगामा मामा घरमा बस्दै आएकी १३ वर्षीया रुबिना तामाङको सोमबार बेलुका मृत्यु भएको हो।
घर भन्दा एक किलोमिटर दक्षिणतर्फ रहेको चिरुवा खोलामा नुहाउने कम्रमा रुबिना तामाङ डुबेकी थिइन्। तत्काल उपचारको लागि झुरझुरे स्थित सान्भि मेडिकलमा लगेकोमा चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए।
शव राति पौने २ बजे मुचुल्का उठाएपश्चात हेटौंडा अस्पतालमा लगिएको छ।