नेपालथोकबाट आँपघारीसम्मको सडक तीन दिनको प्रयासपछि बीपी राजमार्ग आजदेखि खुला
काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका १ को नेपालथोकबाट आँपघारीसम्मको सडक तीन दिनको प्रयास पस्चात आजदेखि खुलेको छ ।
रोशीखोलाको बाढीले नेपालथोक आँपघारीबीचको बान्द्रेओडारमा दुईसय मिटर सडक बगाएको थियो । चारवटा मेशिन प्रयोग गरेर रोशी खोला तर्काएपछि किनारबाट अस्थायी सडक बनाएर आवागमन अहिले खुलाइएका छन् । आँपघारी अगाडि बालुवामा रोशीखोलाले बगाएको करिब डेढ सय मिटर सडक पनि खोला तर्काएर बनाउन सुरू भइरहेको छ ।
सडक डिभिजन कार्यालयले खाल्टे र सुनकोसी गाउँपालिकाको एक्साभेटर, लगाएर क्षेत्रमा काम गरिरहेको हो । तर आवश्यक इन्धन तथा प्राविधिकहरुको अभाव रहेको छ । काभ्रेको चौकीडाँडाबाट पनि अस्थायी सडक बनाउन सकियो भने पाँच दिनमा त्यहाँ पनि सवारीसाधन सञ्चालनमा ल्याउन सकिने अपेक्षा समेत रहेको छ ।
नेपालथोकको धुलिखेल सडक खण्ड अन्तर्गत ५० किलोमिटरमध्ये नेपालथोकबाट बालुवासम्मको दुई किलोमिटर र धुलिखेलबाट चौकीडाँडासम्मको ३५ किलोमिटर गरि ३७ किलोमिटरमा यातायात एकतर्फी सन्चालनमा रहेको छ । बाँकी १३ किलोमिटरमा बगेको सडक बनाएर पहिरो पन्छाउन सके बाटो केहि दिनमा नै खुल्ने सम्भावना रहेको छ ।