सहकारीको बचत रकम दुरुपयोग गर्ने मिडियालाई कति सम्म हुन्छ कारबाही ?
काठमाडौं । कुनै समय वितिय संस्था ,सहकारी ,लघुवित आदिलाई बचतकर्ताले भरपर्दा र विशवसीलो स्रोत ठानेका थिए तर पछिल्लो समयमा र्हर्न हो भने सहकारी संस्थाहरूमा बचत गर्ने आम जनताको मनोबलमा कमी आएको छ।
विगतमा वित्तीय संस्थाहरू र सहकारीलाई भरपर्दा र विश्वसनीय स्रोतका रूपमा लिइएको थियो। तर, हालका घटनाहरूले यो विश्वासलाई तोडेको छ। सहकारीको बचत रकमको दुरुपयोगले बचतकर्ताहरूमा निराशा र अनिश्चितता पैदा गरेको छ । कारण एउटै मात्र हो सहकारीको बचत रकम दुरुपयोग भएकोले । हामीले यो विषयमा एक रिर्पार्ट तयार गरेका छौ ।
सहकारी बचत रकम दुरुपयोग गरेको सम्बन्धमा छानबिन गर्न बनेको विशेष समितिको प्रतिवेदनले सातवटा मिडिया कम्पनीमा सहकारीको बचत रकम लगानी भएको तथ्य सार्वजनिक भएको छ । सहकारीको रकम पुगेका मिडियाहरूमा राष्ट्रिय मिडियाको रूपमा सञ्चालित टेलिभिजनदेखि बन्द अवस्थामा रहेको अनलाइन सञ्चारमाध्यम सम्म सहकारीको बचत रकम पुगेका देखिन्छ।
त्यसो त प्रतिवेदनले सहकारीको रकम दुरुपयोगको आरोपमा गोर्खा मिडिया नेटवर्क र त्यसका सञ्चालकलाई मात्रै कारबाही गर्नु सिफारिस गर्यको छ । बचत रकम दुरुपयोग भएको निष्कर्षमा पुगेर एउटा कम्पनीमाथि कारबाहीको सिफारिस गर्दा अरू कम्पनीहरूको बारेमा किन समिति मौन बस्यो भन्ने प्रश्न चिन समेत यतिबेला खडा भएको छ । खासगरी भन्ने हो भने यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले यो विषयलाई जोडतोडका साथ उठाइरहेका छन् ।
यो सन्दर्भमा भने संसदीय छानबिन समितिका सभापति सूर्य थापाले भने गोर्खा मिडिया नेटवर्क र तोकिएका सहकारीको विषयमा मात्रै आफूहरूले कारबाही सिफारिस गर्ने कार्यादेश पाएको भन्दै सोही अनुसार कारबाहीको सिफारिस भएको थापाले जनाकारी दिए । कारबाहीको सिफारिस भएकालाई पनि प्रचलित कानुन बमोजिम नै कारबाही हुने र अरूलाई पनि सोही बमोजिम हुने भएकोले बचत दुरुपयोगमा संलग्नहरू कोही पनि उम्किन नसक्ने थापाले बताएका छन् ।
कुन मिडियामा कसरी भित्रियो त सहकारीको रकम :
पहिलो नम्बरमा रहेको छ गोर्खा मिडिया
यो मिडिया गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित कम्पनी हो । उक्त कम्पनीको सम्बन्धमा संसदीय विशेष समितिले छानबिन र कारबाही सिफारिसको कार्यादेश पाएको थियो । छानबिनको क्रममा उक्त कम्पनीमा विभिन्न सहकारीबाट ६५ करोड ४२ लाख रुपैयाँ पुगेको समितिको निष्कर्ष छ । यद्यपि छानबिनका क्रममा यो रकम अझै बढ्न सक्ने समितिको अकडा रहेको छ ।
रकममध्ये पोखराको सहारा बचत तथा ऋण सहकारी बाटा गोर्खा मिडिया नेटवर्क नाममा १० करोड २१ लाख रुपैयाँ प्रत्यक्ष बक्यौता बाँकी रहेको देखिएको छ । ग्यालेक्सी टेलिभिजनले सञ्चालनको अवधिमा गरेको झण्डै १० करोड रुपैयाँ आम्दानी बाहेक टेलिभिजनमा गएको सबै रकम सहकारीकै भएको प्रतिवेदनको निष्कर्षमा उल्लेख भएको छ ।
उक्त टेलिभिजनका सञ्चालको रुपमा जीबी राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेल रहेका थिए । रास्वपाका सभापति समेत रहेको लामिछाने राजनीतिमा आएपछि अहिले बाहिरिसकेका छन् र छविलाल जोशी र कुमार रम्तेल हाल नख्खु कारागारमा छन् भने जीबी राई फरार सुचीमा परेका छन् । जीबी राई फरार भएपछि अहिले टेलिभिजन पूर्ण रूपमा बन्द भएको छ ।
दोस्रो नम्बरमा रहेको छ एपीवान टेलिभिजन
यस एपीवान टेलिभिजनको सञ्चालक कम्पनी अन्नपूर्ण ब्रोडकास्ट मिडिया जीबी राईमार्फत नै सहकारीको पैसा पुगेको संसदीय विशेष समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ग्यालेक्सी टेलिभिजन खोल्नु अघि नै राईले उक्त मिडिया कम्पनीको ८० हजार कित्ता शेयर खरिद गरेर एपीवानका सञ्चालक भएका थिए । जीबीले शेयर किन्दा लगानी स्वर्णलक्ष्मी सहकारीबाट रकम लगेको प्रतिवेदनले देखाएको छ ।
यता एपीवानले भने आफ्नो मिडियामा राई कहिल्यै सञ्चालक नरहेको र सहकारीको पैसा पनि नआएको दाबी गरीरहेको छ । प्रतिवेदनमा भने कतारमा भएको एउटा कार्यक्रममा जीबी राई सञ्चालकको हैसियतमा सहभागी भएको भिडियो फुटेजको प्रसङ्ग समेत उल्लेख गरिएको छ । एपीवान क्याप्टेन रामेश्वर थापाको अधिकांश नेतृत्वको रहेको मिडिया हो ।
तोस्रो नम्बरमा रहेको छ नागरिक खबर
यसमा पनि जीबी राईले ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्नुअघि नागरिक खबर नामक अनलाइन मिडिया सञ्चालनमा ल्याएका थिए । उक्त कम्पनीमा कति लगानी भयो भन्ने केही उल्लेख भने गरीएको छैन । तर उक्त मिडियामा राईकै नेतृत्वमाा रहेको र राईको सबै पैसा सहकारीबाट गएको निष्कर्षसँगै त्यसमा पनि सहकारीको बचत रकम दुरुपयोग भएको बुझ्न भने गाह्रो हुँदैन । ग्यालेक्सी टेलिभिजन सञ्चालन लगतै उक्त मिडिया कम्पनी बन्द भएको थियो ।
चौथो नम्बरमा रहेको छ कृषि टेलिभिजन
कृषि टेलिभिजनले पनि ललितपुरको कृषि विकास बहुद्देश्यीय सहकारीबाट रकम लगेको देखिन्छ । अध्यक्ष तेजविक्रम राणाले २०७३ सालमा आफ्नै नेतृत्वमा कृषि टेलिभिजन सुरु गरेका थिए । उक्त टेलिभिजनमा सहकारीबाट तीन करोड रुपैयाँ लगानी भएको देखिएको छ । उक्त रकममा ब्याज लगायत जोडिएर अहिले ५ करोड ४९ लाख रुपैयाँ बक्यौता पुगेको संसदीय विशेष समितिको रिपोर्टमा उल्लेख गरीएको छ ।
पाँचौ नम्बरमा रहेको छ अर्थन्यूज टेलिभिजन
यता अर्थन्यूज टेलिभिजनको अवस्था झन नाजुक छ । सञ्चालनमा आएको करबि ८ महिनामा नै कम्पनीका अध्क्षय केदारनाथ शर्माले सहकारीको पैसा अपचलन गरेका कारण अध्क्षय शर्मा कारागार चलान भए लगतै टेलिभिजन बन्द भएको थियो । तर अहिले ८ महिना बन्द पश्चात फेरी टेलिभिजन संञ्चालनमा अएको छ । अर्थन्यूज टेलिभिजन शिवशिखर र तुलसी सहकारीका अध्यक्ष समेत रहेका शर्माले उपकार मिडिया ग्रुप प्रा।लि नामको कम्पनीमार्फत उक्त टेलिभिजन सञ्चालनमा ल्याएका थिए ।
यो मिडियाको नाममा मात्रै शिवशिखर सहकारीबाट ५ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । अहिलेको बक्यौता ६ करोड २ लाख रुपैयाँ रहेको संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । २०७८ सालमा खोलिएको उक्त टेलिभिजनको लगानी शर्माकै भए पनि यसको अध्यक्ष भने सुशील बानियाँलाई बनाएका थिए ।
छैठौ नम्बरमा रहेको छ एभिन्यूज टेलिभिजन
त्यसैगरी एभिन्यूज टेलिभिजनमा पनि सञ्चालक कम्पनी एभिन्यूज नेटवर्क प्रा।लि।मा श्री लालीगुराँस बहुद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ६ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएका छ । अहिले बक्यौता रकम बढेर ६ करोड ८९ लाख रुपैयाँ पुगेको संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख भएको छ । उक्त सहकारीको कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी हुन् भने टेलिभजनका प्रमुख भास्करराज राजकर्णिकार रहेका छन् ।
सातौ नम्बरमा रहेको छ ताण्डवन्यूज
गाण्डकी प्रदेशको पोखराबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ताण्डवन्यूजमा पनि सहकारीको कर्जा दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख भएको छ । मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेलको स्वामित्व रहेको उक्त मिडियाको नाममा ऋण कायम भएको देखिएको छ । सहकारीले कर्जा बक्यौता देखाए उक्त कर्जाबापतको रकम भुक्तानी भएको नदेखिएपछि संसदीय समितिले यसलाई फर्जी ऋण मानेको छ ।
कसरी ल्याएत सहकारीको रकम छानबिन संसदीय समितिको निष्कर्ष
सहकारी प्रतिवेदनको सम्बन्धमा छानबिन गर्न बनेको विशेष संसदीय समितिले कर्जा दुरुपयोगको सम्बन्धमा गोर्खा मिडियाका सबै सञ्चालक र प्रबन्ध निर्देशकलाई समेत कारबाही गर्न सिफारिस गर्यो । यो अवस्थामा रकम दुरुपयोग गर्ने मिडियाका सञ्चालक र कार्यकारी प्रमुखलाई पनि त्यस्तै कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्न अहिले सामाजिक सञ्जालमा टन्नाटा छाएको देखिन्छ । खासगरी र्हर्न हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउका लागि यस्तो तर्क गर्ने गरेका देखिन सकिन्छ ।
माथी उल्लेखित सबै मिडिया कम्पनीमा सहकारीको बचत रकमलाई आएको निश्चित भए पनि सहकारीको बचत रकम मिडि सम्म ल्याउने प्रक्रिया भने समान छैन । खासगरी,यस्तो रकम मिडियासम्म पुर्याउन धेरै तरिका प्रयोग भएको देखिन्छ ।
यदि मिडियाको लगानी पनि परियोजना अन्तर्गत खर्च गरिएको छ भने यस्तो लगानी गैरकानुनी नहुन सक्ने जानकारहरू विदहरुले बताउँछन् । खासगरी कृषि टेलिभिजन र अर्थन्यूज टेलिभिजनमा सम्बन्धित सहकारीकै नामबाट रकम गएको सन्दर्भका उक्त टेलिभिजन सम्बन्धित सहकारीकै स्वामित्वमा भए त्यो लगानी गैरकानुनी नहुन सक्छ । तर अन्य व्यक्ति वा सञ्चालकको हकमा भएको कम्पनीमा भने यस्तो लगानी गर्न पाइँदैन । समितिको प्रतिवेदनमा भने टेलिभिजनको शेयर स्वामित्वबारे केही उल्लेख गरिएको छैन ।
माथि उल्लेखित मिडियाका सन्दर्भमा फरक मिडियामा फरक फरक प्रकृतिबाट रकम मिडिया सम्म पुगेको देखिन्छ । यस्तो अवस्थामा मिडिया कम्पनीका सञ्चालक र कार्यकारी प्रमुखदेखि सहकारी संस्थासम्मको जिम्मेवारी समेत फरक फरक हुने भएकोले एकै प्रकृतिको काममा पनि प्रक्रिया अनुसार फरक फरक कारबाही हुनसक्ने समितिले जनाएको छ ।