

उदयपुरमा मलामी बोकेक बस दुर्घटना हुँदा २९ जना घाईते

काठमाडौं । उदयपुरको बेलकामा मलामी फर्किदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिनु भयो ।
घाइतेहरु मध्ये १२ जनालाई धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाइएको र अन्य बाकी १७ जनाको स्थानिय नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको अवस्था भने सामान्यदेखि मध्यम रहेको छ । आज दिउँसो प्रदेश १(०२(००१ ख ८२५३ को नम्बरको बस बेलका८ सेतिखोलामा दुर्घटना भएको हो । बेलका नगरपालिका(५ घुम्नेबाट मलामी लिएर फर्किदै गरेको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीको भनाई रहेको छ ।

