

अरुण गाउँपालिका ७ मा सामाजिक सुरक्षा भत्ता नविकरण सम्पन्न

काठमाडौँ । भोजपुर–अरुण गाउँपालिकाले यस वर्ष पनि सामाजिक सुरक्षा भत्ता नविकरणको कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।
अघिल्ला वर्षहरूमा जस्तै, यस पटक पनि अधिकांश अशक्त, बयोवृद्ध, अपांगता भएका तथा रोगी बिरामी व्यक्तिहरूको घरमै पुगेर भत्ता नविकरण गरिएको हो। वडा अध्यक्ष कुमार थापाले बताए अनुसार, वडा भित्रका साथै पालिका तथा जिल्ला बाहिर रहेका अशक्त व्यक्तिहरूलाई वडा कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने बाध्यता थियो।
तर, उनीहरूको सहजताका लागि यस वर्ष घरमै पुगेर भत्ता नविकरण गरिएको हो। यसरी नविकरण गरिएको व्यक्तिहरूमध्ये केही झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लाहरूमा बसोबास गरिरहेका छन्।
नविकरण कार्यलाई सफल बनाउन वडा सदस्यहरू, वडा सचिव, पञ्जिकरण शाखा प्रमुख तथा वडा कार्यालयका कर्मचारीहरूको विशेष सहयोग रहेको थियो। साथै, झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लामा पुगेर नविकरण गर्न समाजसेवी युवाहरू, विशेष गरी सुमन अधिकारीज्यूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यो कार्यले अशक्त तथा ज्येष्ठ नागरिकहरूको सहजता र सुविधालाई प्राथमिकता दिँदै सामाजिक सुरक्षा भत्ता नविकरणलाई थप प्रभावकारी बनाएको छ।

