

अरुण गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस उत्साहका साथ मनाइयो

भोजपुर। भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिकाले “बालबालिकामा लगानी सुनिश्चित, भबिष्यको थालनी” भन्ने मूल नाराका साथ श्री शारदा माध्यमिक विद्यालयमा ६०औं राष्ट्रिय बाल दिवस भव्य रूपमा मनाएको छ।
मुख्य कार्यक्रम अरुण गाउँपालिकाको आयोजनामा सम्पन्न भएको थियो। गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्रीले बालबालिकाको सर्वांगीण विकासका लागि शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षामा लगानीको आवश्यकता रहेको बताउनुभयो। अध्यक्ष खत्रीले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न अरुण गाउँपालिकाले विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको जानकारी समेत दिनु भयो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावकहरू तथा स्थानिय प्रतिनिधिहरूको सहभागिता थियो। बालबालिकाको प्रतिभा प्रोत्साहन गर्न विद्यालय परिसरमा विविध कार्यक्रमहरू आयोजना गरिएको थियो । जसमा विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम र ज्ञानवर्द्धक प्रतियोगिताहरूको आयोजना समाबेश थिए । कार्यक्रममा सहभागी बालबालिकाहरूलाई पुरस्कृत समेत गरिएको थियो। कार्यक्रमले बालबालिकाको सृजनशीलता र क्षमता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।
अरुण गाउँपालिकाका सात वटै वडामा पनि बाल दिवसका अवसरमा विशेष कार्यक्रमहरू गरि सम्पन्न भएका छन्, जसमा बालबालिकाको अधिकार, शिक्षा र उनीहरूको उज्ज्वल भविष्यबारे जनचेतना फैलाउने खालका गतिविधिहरू सञ्चालन गरिएका थिए ।

