

सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा मजदुर नै परे पक्राउ

काठमाडौं । काठमाडौँको जडीबुटीमा रहेको सञ्चो कारखानामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थकले गरेको प्रदर्शनपछि सञ्चो निर्माण गर्ने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको थियो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ घर भएर काठमाडौं बस्ने जितबहादुर श्रेष्ठ ुराजनु रहेका छन् । काठमाडौँ बसेर ज्यामी काम गर्ने श्रेष्ठलाई पेप्सीकोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।
उक्त कम्पनीको कार्यालय र त्यहाँ पार्किङ गरेर राखिएको गाडीहरूमा श्रेष्ठले आगजनी गरेको आरोप छ । ३० वर्षका उनीमाथि प्रहरीले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

