

१५ दिन अघिको घटनालाई लिएर जनकपुरमा झडप, प्रहरीद्वारा दर्जनौँ सेल अश्रुग्यास प्रहार

काठमाडौं । १५ दिन अघिको घटनालाई लिएर जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका– २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही मानिस घाइते भएका छन् । तर, उनीहरुबारे विस्तृत विवरण आइसकेको छैन ।
छुरा प्रहारको घटनामा दोषी पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि झडप भएको हो । सोक्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थियो । घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । अहिले स्थिति नियन्त्रणमा आइसकेको धनुषा प्रहरीले जनाएको छ ।

