

एसएलसीको नक्कली सर्टिफिकेट बनाई प्रहरीमा जागिर, असईविरुद्ध मुद्दा दायर

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाइ प्रहरीमा जागिर खाएको आरोपमा एक प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० कुमार गिरीविरुद्ध अभियोग पत्र दायर गरेको हो ।
गिरीले बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट जारी एसएलसीसरहको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोप अख्तियारको छ । गिरी २०५७ फागुन ११ मा नेपाल प्रहरीको जवान पदमा भर्ना भई हाल पदोन्नति भई प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा जिल्ला प्रहरी कार्यालय, सिन्धुली दरबन्दी भई प्रहरी चौकी ग्वाल्टार सिन्धुलीको इन्चार्जका रूपमा कार्यरत थिए ।
उनीविरुद्ध झुट्टा प्रमाणपत्र पेस गरी लाभ र सुविधा प्राप्त गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६९१० बमोजिम सजाय मागदाबी गरिएको छ ।

