

सार्वजनिक लेखा समिति सरकारको छाया बन्यो :मोदी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले समिति सरकारको छाया बनेको आरोप लगाएका छन् ।
मंगलबारको समिति बैठकमा उनले पूर्वमन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएका कुलमान घिसिङले अँध्यारो नेपाललाई उज्यालो बनाए पनि वर्तमान सरकारले हटाएर अन्याय गरेको बताए ।
‘सार्वजनिक लेखा समिति सरकारको छाया बनेको छ’, उनले भने, ‘नेपालमा काम गर्न सक्ने मानिस कुलमानजीलाई सरकारले बर्खास्त गरेको छ, म यसको घोर आपत्ति व्यक्त गर्न चाहन्छु । साथै यसमा सबै सांसद र पत्रकारहरूले ध्यान दिनुपर्छ ।’
सांसद मोदीले लेखा समितिमै डेडिकेटेड लाइनको बहस भएको र अहिलेसम्म निर्णय हुन नसकेको अवस्थामा सरकारले कुलमानलाई हटाएको बताए ।

