

राष्ट्रिय मुक्ति पार्टीमा २ सयभन्दा बढी नेता-कार्यकर्ताको प्रवेश, यूवाहरुको सक्रिय सहभागितासँग बहुल राष्ट्रिय राज्यको स्थापना गर्ने लक्ष्य

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीमा प्रवेशको लहर स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तलाई आत्मसात गर्दै बहुल राष्ट्रिय राज्यको स्थापना हेतु राष्ट्रिय मुक्ति क्रान्तिको महाअभियानमा सरिक हुन दुई सयभन्दा वढी नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय मुक्ति पार्टी नेपालमा आज एक भब्य कार्यक्रमको आयोजना गरि प्रवेश गरेका छन। यही क्रममा राजधानीको कृष्णभोग पार्टी प्यालेश नयाँ बानेश्वर काठमाडौंमा पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अविरल लामा र विश्वास तामाङको नेतृत्वमा दुई सयभन्दा बढि यूवाहरु प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै पार्टी अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री श्री राजेन्द्र महतोले देशमा लादिएको एकल पहिचान र शासनविरुद्ध बहुल पहिचान र बहुल शासन कायम गराउनु आवश्यक रहेकोले देशमा बहुल पहिचान कायम गरी बहुलराष्ट्रिय राज्यको स्थापना गर्न यो पार्टी अगाडी बढेकोमा यस परिवर्तनको लडाईंमा यूवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए । अहिलेका प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले विगत ३५ वर्षमा देशलाई एकल नश्लीय चरीत्रको आधारमा शासन सत्ता संचालन गरेकाले अनेक समस्या उत्पन्न भयो र देश आर्थिक रुपमा धारासायी हुन पुग्यो। देशको अर्थतन्त्र उकास्न, अधिकार पहिचानको स्थापना र स्वशासनको अभ्यास गराउन सारा नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताए।
कार्यक्रममा पार्टीका नेताहरु बुद्ध छिरिङ मोक्तान, कौशल कुमार सिंह, सुमन सायमी, केशव झा, संतोष मेहता, कमला गुरुङ, जुनतारा मगर, अनील महासेठ, रविन्द्र कुमार श्रेष्ठ लगायतका वक्ताहरुले पार्टीको विचार र भावी कार्यक्रमबारे बोलेका थिए ।
यसअघि राष्ट्रिय मुक्ति पार्टीमा विभिन्न चरणमा हजारौं जनाले पार्टी प्रवेश गरी सकेका छन् ।

