

कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध

ललितपुर । धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा नेकपा (एमाले) निकट अनेरास्ववियुले सोमबार बेलुका तालाबन्दी गरेको छ । स्ववियू निर्वाचनमा पराजित हुने मानसकिताले ताला लगाएको अखिल (क्रान्तिकारी)सहित अन्य तीन विद्यार्थी संगठनले आरोप लगाएका छन् ।
अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, नयाँशक्ति विद्यार्थी संगठनले उम्मेदवारी दर्ताको विषयमा छानविनका लागि कलेज प्रशासनसमक्ष माग राखेपछि अखिलले छानविन नै नगरी निर्वाचन गरिनुपर्ने भन्दै तालाबन्दी गरेर निर्वाचन विथोलेको तीन विद्यार्थी संगठनको आरोप छ ।
यसअघि अखिलले उम्मेदवारी दर्ताको समयसीमा कटिसकेपछि उम्मेदवारी दर्ता गरेकाले आफूहरुले छानविको माग गरेको अखिल क्रान्तिकारीले बताएको छ । देशभरका क्याम्पसहरुमा स्ववियू निर्वाचन भइरहँदा उक्त कलेजमा तालाबन्दीसँगै निर्वाचनमा अवरोध भएको छ ।

