

फर्जी मतदान गरेको आरोपमा,पाटन क्याम्पसको मतदान रोकियो

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वतन्त्र विद्यार्थी युनियन 9स्ववियु) को मतदान रोकिएको छ । फर्जी विद्यार्थीलाई मतदान गर्न दिएको भन्दै नेविसंघले विवाद सिर्जना गरेपछि निर्वाचन रोकिएको हो ।
अहिले सर्वपक्षीय बैठक बसेर सहमतिको प्रयास भइरहेको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, सङ्गठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ ।
बिहान पौने ९ बजेबाट सुरु भएको मतदानमा १०० जनाले मतदान गरेपछि विवाद सिर्जना भएको हो ।

