

महिला दिवसको अवसरमा आयोजना गरिएको दौड म्याराथुन र कवितावाचन कार्यक्रम सम्पन्न

ललितपुर।सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र सशक्तिकरण ८ मार्च २०८१ ११५औं अन्तर्राष्ट्रिय महिला दिवस ललितपुर वडा नम्बर १३ का वडास्तरीय महिला समूहले दौड म्याराथुन तथा कवितावाचन आयोजना गरेको थियो।
दौड प्रतियोगितामा १३ नम्बर वडाका महिला समूहका सदस्यहरू करिब ७० जनाले भाग लिनुभएको थियो। दौडमा जानुका दाहाल प्रथम मैया अधिकारी दोस्रा,सृजना नेम्कुल तेश्रो र चौथा उषा राईलाई पुरस्कार साथै सम्मानपत्र प्रदान गरेका थिए।
साथसाथै दिउँसोको कवितावाचन प्रतियोगितामा पनि समूहका सदस्यहरूले भाग लिनुभएको थियो संगीता तिमल्सिना प्रथम सीता गजुरेल दोस्रा टिका ढुङ्गाना काफ्ले तेस्रा र सुरुसी खड्काले सान्त्वना पुरस्कार साथै सम्मानपत्र प्रदान गरेका थिए उक्त कार्यक्रम प्रमुख अतिथि वडा नम्बर १३ का महिला सदस्य सरस्वती जोशी विशेष अतिथि कृष्णप्रसाद कोइरालाको आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा करिब १२० जना महिला दिदीबहिनीहरु उपस्थित हुनुहुन्थ्यो भने उक्त कार्यक्रममा ललितपुर महानगरपालिका महिला विकासका पूर्व उपसचिव महेश्वरी बिष्ट पनि उपस्थित हुनुहुन्थ्यो कवितावाचनका निर्णायक लक्ष्मीप्रसाद घिमिरे चुडा भट्टराई र प्रज्ञा खत्री हुनुहुन्थ्यो भने कार्यक्रममा सभा अध्यक्ष टिका ढकालज्यू र उपाध्यक्ष रेणुका बजगाई हुनुहुनुहुन्थ्यो भने कार्यक्रम रन्जु बानिया ज्यूले सञ्चालन गर्नुभएको थियो भने उक्त कार्यक्रममा दौड म्याराथन साथै कवितावाचन कार्यक्रमको व्यवस्थापन इन्दिरा काफ्लेले गर्नुभएको थियो कार्यक्रममा अल्का अस्पताल साथै मेडिकल टिम सुरक्षाकर्मी , मिडिया रेडक्रस सहभागीहरुलाई इन्दिरा काफ्लेले धन्यवाद दिनुभएको थियो ।

