

मध्यपहाडी राजमार्गमा सवारी दुर्घटना: इटहरीबाट भोजपुर जाँदै गरेको सुमो दुर्घटना

भोजपुर । मध्यपहाडी राजमार्ग अन्तर्गत बिजयाबास भन्ने स्थानमा इटहरीबाट भोजपुरको बासिखोरा जाँदै गरेको सुमो गाडी दुर्घटनाग्रस्त भएको छ। गाडी अनियंत्रित भई सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।
गाडीमा सात जना सवार थिए, जस मध्ये चार जना सामान्य रूपमा घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक उपचारका लागि प्याउली लगिएको छ। दुर्घटना आज अन्दाजी दिउँसो १२:३० बजे तिर भएको हो।
थप विवरणका लागि स्थानीय प्रशासन र प्रत्यक्षदर्शीहरूसँग जानकारी लिने कार्य भइरहेको छ।

