

अरुण गाउँपालिकामा फालिटार,चरम्बी,फुर्के सल्ला हुँदै,अरुण नदी जोड्ने सडकको निरीक्षण, ६ करोडको क्रमागत योजनामा काम हुदै

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकामा फालिटार, चरम्बी, फुर्के सल्ला हुँदै अरुण नदीसम्म जोड्ने सडकको निरीक्षण सम्पन्न भएको छ। यो सडक निर्माण कार्य सघन सहरी विभाग कार्यालय, धनकुटाले क्रमागत आयोजना अन्तर्गत सम्पन्न गरेको हो। अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा जम्मा रु २ करोडको काम गरिएको छ । जसमा प्रत्येक वर्ष रु १ करोड खर्च हुने भएको छ। यस सडकको कुल लागत रु ६ करोड रहेको पालिका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
यो सडकको उद्देश्य फालिटार, पिपलडाँडा, फुर्के सल्ला हुँदै अरुण नदीसम्म जोड्नु हो, र यो योजना क्रमागत आयोजनाका रूपमा कार्यान्वयन भइरहेको छ। निरीक्षणको क्रममा गाउँपालिका अध्यक्ष शलिकराम खत्री, उपाध्यक्ष बिनिता ढकाल र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीहरूले कृषि उपजको ढुवानी र बजारीकरणमा सहजता पाउनेछन्, जसले उनीहरूको आर्थिक अवस्था सुधार्न मद्दत पुर्याउने स्थानीय छ।

