

‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी

काठमाडौँ । रिपब्लिकन सांसदहरूले डिभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारी गर्दै छन्। उनीहरूले यस कार्यक्रमलाई अनुहारविहीन कम्प्युटर कोड मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्ने सरकारी कार्यक्रमको रूपमा आलोचना गर्दै, यसलाई राष्ट्रिय सुरक्षा जोखिमका रूपमा हेरिरहेका छन्।
‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ ९डिभी प्रोग्राम० अन्तर्गत वार्षिक रूपमा ५५,००० आप्रवासीलाई ग्रीन कार्ड दिइन्छ। यद्यपि, यस कार्यक्रमलाई बसोबासका लागि अनियमित चयन प्रक्रिया अपनाउने र राष्ट्रिय सुरक्षा जोखिम बढाउने कार्यक्रमको रूपमा सांसदहरूले विवाद उठाएका छन्।
अमेरिकी प्रतिनिधि माइक कोलिन्सले बुधबार ‘अमेरिकाको सुरक्षा र निष्पक्षता वृद्धि ऐन २०२५’ प्रस्तुत गरेका छन्, जसको उद्देश्य भिसा लट्री समाप्त गर्नु र लट्री विजेताहरूलाई परिवारका सदस्यहरूको लागि प्राथमिकतायुक्त ग्रीन कार्ड प्रायोजन गर्न नदिने हो।
कोलिन्सका अनुसार, डिभी कार्यक्रम एउटा अनावश्यक सरकारी अभ्यास हो, जसले चेन माइग्रेसनु प्रणालीलाई बढावा दिँदै देशको सुरक्षा र निष्पक्षतालाई कमजोर बनाउँछ। उनले भने, हामीले हाम्रो देशलाई लगभग अनन्त आप्रवासन चेनको लागि खोलिदिएका छौं।
यस कार्यक्रममार्फत आवेदन दिनका लागि आवेदकहरूले ऐतिहासिक रूपमा कम आप्रवासन दर भएका देशबाट आउनुपर्ने र कम्तीमा उच्च माध्यमिक शिक्षा पूरा गरेको हुनुपर्नेछ। रिपब्लिकन सांसदहरूले यो कार्यक्रमलाई गम्भीर सुरक्षा चिन्ताका कारण अस्वीकार गरेका छन्, विशेषगरी सन् २०१7 मा आतंकवादी सैफुलो साइपोभले यो कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको घटनापछि।
विधेयकका सह–प्रायोजकहरूमा रिपब्लिकन प्रतिनिधिहरू एन्डी ओगल्स, ब्रान्डन गिल, माइक ह्यारिडोपोलोस, डेनियल वेबस्टर, टम टिफनी र ट्रोय नेहल्स समावेश छन्।

