

राष्ट्रपति ट्रम्पको हमासलाई अल्टिमेटम, शनिबारसम्म सबै बन्धक रिहा गर्न चेतावनी

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई शनिबार मध्यान्हसम्म सबै बन्धकहरू रिहा गर्न अल्टिमेटम दिएका छन्। उनले यदि उक्त समयसम्म बन्धकहरूलाई सकुशल रिहा नगरिए युद्धविराम भंग गर्ने र हमासविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
उनले हमासलाई कडा शब्दमा चेतावनी दिँदै भने, यदि शनिबार मध्यान्हसम्म बन्धकहरू नछोडिए, भने नर्कको ढोका खुल्नेछ।
यस अल्टिमेटमसँगै हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी पनि शनिबारभित्र रिहा हुने सम्भावना बढेको छ। जोशीसहित अन्य बन्धकहरूको अवस्था र संभावित रिहाइबारे अमेरिकी प्रशासन कूटनीतिक पहलमा सक्रिय रहेको बताइएको छ।
अब हमासले अमेरिकी चेतावनीलाई कसरी लिन्छ र बन्धकहरूको अवस्थाबारे कस्तो निर्णय लिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।

