

आगामी फागुन १ गते जनयुद्ध दिवसमा दुई कमान्डर एउटै मञ्चमा, बागचौर सल्यानमा विशाल जनसभा हुने

काठमाडौँ । सल्यानको बागचौरमा आउँदो फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ। यस जनसभामा जनयुद्धका दुई कमान्डर एउटै मञ्चमा उपस्थित हुनेछन्, जसले राजनीतिक वृत्तमा चासो बढाएको छ।
विपिन भण्डारी फाउण्डेशनको आयोजनामा हुने उक्त कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ। कार्यक्रम विपिन भण्डारी मेमोरियल पार्क, बागचौर, सल्यानमा हुने तय गरिएको छ। आयोजक समितिले कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी तीव्र बनाएको जनाएको छ।
जनयुद्धका महत्वपूर्ण नेतृत्वकर्ताहरू एउटै मञ्चमा उभिनु, हालको राजनीतिक परिवेश र आगामी रणनीतिसँग जोडिएको संकेतका रूपमा हेरिएको छ। जनयुद्धका योगदान र त्यसपछिका उपलब्धिहरूको समीक्षा गर्दै नयाँ राजनीतिक दिशाबारे छलफल हुने अनुमान गरिएको छ।
आयोजक विपिन भण्डारी फाउण्डेशनले देशभरका नागरिक, पूर्वयुद्धकालीन साथीहरू, नेताकार्यकर्ता तथा जनसमुदायलाई उपस्थित हुन आग्रह गरेको छ। यस जनसभालाई ऐतिहासिक बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको आयोजक पक्षको भनाइ छ।
फागुन १ गते बागचौरमा हुन गइरहेको यो कार्यक्रम जनयुद्धसँग जोडिएका नेताहरूबीचको सहकार्य, समन्वय र राजनीतिक सम्भावनाबारे महत्वपूर्ण सन्देश दिने अनुमान गरिएको छ।

