

संसद्को सम्भावित कार्यसूचीमा चढ्यो भ्रष्टाचार ऐन सम्बन्धी विधेयक

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकले भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयक अगाडि बढाउने भएको छ ।
भोलिका लागि प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
छलफलपछि मंगलबार नै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । यो राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक हो ।
प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयक

