

देशमा इमानदारिताको खडेरी लाग्यो : सांसद सुरेश आले मगर

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र )का सांसद सुरेश आले मगरले देशमा इमानदारिताको खडेरी लागेको बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मगरले देशमा इमानदारिता आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘इमानदारिताको खडेरी यो देशमा परेको छ । इमानदारी चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रूपमा समृद्धि ल्याउने हो भने, निश्चित रूपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरूलाई, उद्योग धन्दाहरूलाई हतोत्साहित गर्ने प्रवृत्ति यो देशमा देखा परेको छ ।’
उनले माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको बताए । माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको उनको भनाई थियो ।

