

सगरमाथा माविलाई वाईसिएलद्वारा सिसी क्यामेरा हस्तान्तरण

भोजपुर । भोजपुर जिल्लाको पुर्बी अरुण गाउँपालिका वडा नम्बर ७, सिक्रेटारस्थित श्री सगरमाथा माध्यमिक विद्यालयलाई वाईसिएल नेपालले चार थान सिसी क्यामेरा हस्तान्तरण गरेको छ।
वाईसिएल वडा संयोजक सुमन अधिकारीको पहलमा तथा दिपक थापा लगायत पार्टीका नेताहरू र शुभचिन्तकहरूको सहयोगमा विद्यालयलाई क्यामेरा प्रदान गरिएको हो। विद्यालय सुरक्षालाई प्रभावकारी बनाउनका लागि गरिएको उक्त सहयोग विद्यालयका लागि महत्वपूर्ण हुने वडा अध्यक्ष कुमार थापाले बताइए ।
हस्तान्तरण कार्यक्रममा वाईसिएल प्रदेश सचिवालय सदस्य तथा भोजपुर जिल्ला सह-इन्चार्ज क. बिमल खड्का, वडा पार्टी अध्यक्ष क. मान बहादुर खड्का, युवा सन्दीप अधिकारी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
विद्यालय प्रशासनले यस सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालयको सुरक्षा प्रणाली अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ। यस कदमले विद्यालय परिसरमा हुने गतिविधिहरू सुरक्षित राख्न तथा अनुशासन कायम गर्न सहयोग पुग्ने विद्यालय प्रशासनको भनाइ छ।

