

सातदोबाटो युथ क्लबको एघारौं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । सातदोबाटो युथ क्लबले आफ्नो एघारौं वार्षिक साधारण सभा २०८१ सालको माघ १९ गते शनिबार ललितपुर महानगरपालिका वडा नं. १५ स्थित याङ्जी शेर्पा स्मृती हल, क्लब भवन, सातदोबाटोमा सफलतापूर्वक आयोजना गरेको छ।
सभामा क्लबका सदस्यहरु र स्थानीयवासीहरुको उपस्थिति उल्लेखनीय रहेको थियो। उक्त कार्यक्रमको मुख्य उद्देश्य क्लबका वार्षिक गतिविधिहरुको समीक्षा गर्नु र आगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्नु थियो। उक्त वार्षिक साधारण सभा बाट आजको मिति देखि नयाँ नेतृत्व निरविरोध चयन समेत भएका निवार्चन प्रमुख विश्व श्रेष्ठले जानकारी दिनुभएको हो ।
तस्बिर : तारादेवी श्रेष्ठ
नयाँ नेतृत्वको नामावलीहरु यसप्रकार छन्:
- अध्यक्ष: कपिल राना मगर
- प्र.उपाध्यक्ष: श्याम महर्जन
- दोश्रो उपाध्यक्ष: पारस महर्जन
- महासचिव:सुनिल विष्ट
- सचिव: रविन खड्का
- सह(सचिव): अशोक राई
- कोषाध्यक्ष:राजेज्ञ मानन्धर
सदस्यहरु:
- जमुना श्रेष्ठ
- सिता श्रेष्ठ
- सौहन बर्जचार्य
- श्याम सुन्दर कारञ्जीत
- कृती शाक्य
- अमृत खड्रगी
- किसोर महर्जन
- शम्भु लामा
- प्रकाश मानन्धर
- रोशन मानन्धर
नयाँ नेतृत्वको चयन सँगै, क्लबका सदस्यहरुले आगामी समयका लागि समाजिक कार्य, युवा जागरूकता र क्लबका उद्देश्यहरुलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिवद्धता जनाएका छन्।
यस कार्यक्रमले सातदोबाटो युथ क्लबको भविष्यको लागि सकारात्मक उर्जा र उत्साहको वातावरण सिर्जना गरेको छ।

